एन्टिजेन किट अभावले तुलसीपुरमा कोरोना परिक्षण रोकियो

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

बैशाख १९ तुलसीपुर ।
तुलसीपुरमा एन्टिजेन किट अभाव भएकाले कोरोना भाईरस परिक्षण रोकिएको छ । तुलसीपुर उपमहानगरपालिका कोराना फोकल पर्सन विमल केसीका अनुसार किट सकिएपछि आईतवार देखी एन्टिजेन परिक्षण स्थगित गरिएको हो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा केहि दिन देखी एन्टिजेन मार्फत कोरोना परिक्षण हुदै आएको थियो ।

एन्टिजेनबाट परिक्षण गराएका मध्ये ५० देखी ६० प्रतिशतको रिपोट पोजेटिभ आउने गरेको उहाले जानकारी दिनुभयो । कन्ट्याक ट्रेसिङमा परेका, वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सिफारिसमा एन्टिजेन परिक्षण हुदै आएको थियो । अब एन्टिजेन किट आएपछि मात्रै परिक्षण सुरु गरिने उहाले जानकारी दिनुभयो ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *