गाडिको ठक्करबाट देउखुरीमा एक जनाको मृत्यू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असोज २, देउखुरी ।
पुर्ब पश्चिम राजमार्ग अन्र्तगत देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट १ जनाको मृत्यू भएको छ । नम्बर नखुलेको गाडीको ठक्करबाट देउखुरीको गडवा गाउँपालिका वडा नम्बर ३ का १८ वर्षिय प्रकास कुँवर रहेको ईलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।

गाडिको ठक्करबाट गम्भिर घाईते कुँवरको लमही अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यू भएको हो । प्रहरीका अनुसार उनको मृत्यू गाडिको ठक्करबाट भएपनि कुन गाडिले ठक्कर दिएको भन्ने पत्ता लागेको छैन । ठक्कर दिने गाडीको खोजी भैरहेको प्रहरीले बताएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *