झाक्रि बसाल्दा निको भएन उपचार गर्ने पैषा छैन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

हापुरे ४ जेष्ठ ।
दुई हप्ता भयो एउटा खुट्टा सुन्निदै गएको अहिले सम्म निको हुने कुनै लक्षण नै छैन । निको पनि कसरि होस् कुनै औषधी नै पाएको छैन । औषधि पाए न निको हुने हो । खुट्टा सुन्निदै गएको छ सरिर सुक्दै ।


बबई गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २० का सुदिप रोका लाई यस्तै समस्याले सताईरहेको छ । सुदिप को स्थायि ठेगाना बबई १ जिला हो, हाल उनी बबई गाउँपालिका ५ पदमपुरमा माईतीको नजिकमा बस्छन् । करिब २ हप्ता देखी आछ्यानमा छन् सुदिप । ज्यान सुकेर लौरी भैसक्यो तर उपचार भने पाउन सकेका छैनन् ।
बिहे गरेर हापुरेमा कोठा भाडामा बसेका सुदिप ईट्टा भट्टामा गएर कमाउथे र परिवार चलाउथे । लकडाउनमा खान चामल दाल किन्दैमा ईट्टाभट्टाको कमाई सहियो । जब लकडाउन भयो उनी बिरामी परे र अहिले सम्म ओछ्यान मै परिरहेका छन् ।


उनको एउटा खुट्टा सुन्निएको छ पुरै सरिर सुकेको छ, उनलाई के भएको भन्ने सम्म थाहा छैन् । तिन पटक सम्म धामी बसाए निको भएन् । सहकर्मी सुहाना सुनार संग कुरा गर्दै उनकी श्रीमतीले भनिन उपचार गर्ने पैषा नभए पछि धामी बसाल्नुको बिकल्प भएन । श्रीमतीका अनुसार अहिले त किनेको चामल पनि सकियो खानलाई उपचार अस्पतालको त के कुरा ।


आफु संग एक पैषा नहुँदा मर्नै लाग्दा समेत उपचार गर्न नसकिएको उनले बताईन । उनले घरमा खाने कुरा छैन, एक पैषा गोजीमा छैन, कसरी खाने कसरी श्रीमानलाई बचाउने भै सक्यो । कसैले दया मानेर सहयोग गरे त श्रीमान लाई बचाउन सकिन्थ्यो । यस्तो बेला कसले सहयोग गर्ला र ? आखाँ भरी आँशु झर्दै भनिन् । दुःख पनि गरिबलाई नै पर्दो रहेछ । कारोनाको यस्तो महामारीमा कस्ले सहयोग गर्ला र उहाँलाई बचाउन सकिएला । बरु खाना नखाई बसौला तर उपचार गर्न पाए हुन्थ्यो कसरी गर्ने हो र भन्दै सबै संग सहयोगको याचना समेत उनले गरिन । उनले आफ्नो श्रीमानको जिवन बचाईदिनन सबैमा अनुरोध गरेको सहकर्मी सुहाना सुनारले बताउनु भयो ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *