टेक्सीको ठक्करबाट घाइते भएका खड्काको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तुलसीपुर, २६ भदौ । टेक्सीको ठक्करबाट घाइते भएका रुद्रबहादुर खड्काको मृत्यु भएको छ । शान्तिनगर गाउँपालका वडा न २ बाघमारे बस्ने ४८ बर्षीय मोटरसाइकल चालक खड्काको कोहलपुरमा उपचारका क्रममा दिउँसो १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

उनीसंगै रहेका ६७ बर्षीय नरबहादुर खड्काको भने उपचार भइरहेको छ । शनिबार विहान साढे ८ बजे बाघमारे देखि तिलवार जाँदै गरेको रा ५ प ३१३४ नम्बरको मोटरसाइकललाई बाटो पारगर्ने क्रममा हापुरेदेखि तुलसीपुर तर्फ आउदै गरेको रा १ ज ८०५ नम्बरको ट्याक्सी शान्तिनगर ७ खैरेनीमा ठक्कर दिदा खड्का गम्भिर घाइते हुनुभएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *