दलित समुदायका नगबाघहरु द्धारा आफ्नै मन्दिरको स्थापना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


१५ मंसिर, हंसपुर ।
दाङको बबई गाउँपालिकाका नगबाघ गोत्रका दलितहरुले आफ्नो छुट्टै मन्दिर स्थापना गरि उद्घाटन गरेका छन् । हिन्दु धर्म मान्ने दलित समुदायका नागरिकहरुले सदिऔं देखी धार्मिक क्रियाकलाप गर्दै आए पनि दलित समुदायलाई पुजा आरधनाका लागी मन्दिरमा रोक लगाइए कै कारण सामाजिक रुपमा स्थापित हुन नसकेका दलित समुदायका नागरिकहरुले आफ्नो कुल देबताको पुजा आरधनाको लागी मन्दिर स्थापना गर्ने गरेका छन् । सोही अनुसार बबई गाउँपालिकाका नगबाघ गोत्रका दलित परिवारले कुल देबता मन्दिर निर्माण गरि उद्घाटन गरेका हुन ।

स्थानिय वन संगको सहमतीमा जग्गा उपलब्ध भए पछि आफ्नै भाई गोत्रको लगानीमा मन्दिर निर्माण गरिएको बबई ४ का नारायण परियार (नगबाघ) ले जानकारी दिनु भयो । उहाँका अनुसार सदियौं देखी हिन्दु धर्म मान्दै आएका आफुहरु सामाजिकरुपमा अबहेलीत हुन परेकै कारण भाई बन्धुहरुको छुट्टै मन्दिर स्थापना गरिएको हो । उक्त मन्दिरको उद्घाटन बबई गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष नन्दलाल वलीले गर्नु भएको थियो । मन्दिर उद्घाटन कार्यक्रममा वडा अध्यक्ष वली सहित नेपाली कांग्रेसका नेता कुलबहादुर केसी लगाएत उक्त मन्दिरका कुल भाई बन्धु मैतु परियार (नगबाघ), रामबहादुर परियार (नगबाघ) लगाएतकाकाको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेमलाल नगबाघले गर्नु भएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *