दाङमा लकडाउन झन खुकुलो , भोलिदेखि सार्वजनिक सवारीसाधन चल्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तुलसीपुर,१५ असार । दाङमा भोलिदेखि सवारी साधन चल्ने भएका छन् । जिल्ला कोभिड विपत व्यवस्थापन समितिको घोराहीमा बसेको बैठकले जिल्लामा सार्वजनिक सवारी साधनहरु संचालन गर्ने निर्णय गरेको हो ।

जारी लकडाउनलाई एकहप्ता लम्ब्याउँदै सुरक्षा मापदण्ड अपनाएर सवारी साधन संचालन गर्ने निर्णय भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङबाङले जानकारी दिनुभयो । दाङमा बजार भने अब बिहानदेखि साँझ ६ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ भने तेस्रो भेरियन्टका लागि पूर्वतयारी गर्ने निर्णय भएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *