नेकपा एमालेको विधान अधिवेशनमा ३ हजार प्रतिनिधि रहने प्रस्ताव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ,२६ भदौ । नेकपा एमालेको विधान अधिवेशनमा ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको छ ।

बिहान बसेको पार्टीको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै नेता योगेश भट्टराईले केन्द्रीय कमिटी, केन्द्रीय विभाग, निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, पार्टीका जनवर्गीय सङ्गठन, सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रतिनिधिहरू समेत गरेर ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको जानकारी दिनुभयो । एमालेको विधान अधिवेशनबारे छलफल गर्न आज दिउँसो ३ बजे फेरि च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *