बबईमा १ स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना पुस्टी , दाङमा ४४ संक्रमित थपिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


२९ भदौ, हापुरे ।
पश्चिम दाङको बबई गाउँपालिकाका १ जना स्वस्थ्यकर्मी सहित ८ जनामा कोरोना पुस्टी भएको छ । बबई गाउँपालिकाको हापुरेमा रहेको क्वारेन्टीनमा रहेका ७ जनामा कारोना पुस्टी भएको कोरोना फोकल पर्सन सरदराज गिरीले जानकारी दिनु भएको छ । त्यस्तै शान्तिनगर गाउँपालिकाका २ जना कर्मचारी सहित १७ जनामा कारोना पुस्टी भएको छ । याे संगै दाङमा समुदास्तरका थप ४४ जनामा कोरोना पुष्टि भएको छ ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा सोमवार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु घोराही उपमहानगरपालिका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र बबई गाउँपालिका ८ जना रहेका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रबाट स्वाव संकलन गरिएको ६४ जनामा मध्य १५ जनामा कोरोना संक्रमण पुष्टि भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिनु भएको छ ।

बबई गाउँपालिकाका एक जना स्वास्थ्यकर्मी सहित ८ जनामा कारोना पुस्टी भएपछि के गर्ने भन्ने सम्बन्धमा गाउँपालिकाको बैठक अनुसार हुने फोकल पर्सन गिरीले बताउनु भयो । उता शान्तिनगर गाउँपालिकामा पनि २ जना कर्मचारी सहित १७ जनामा कोरोना पुस्टी भएपछि गाउँपालिकाको भोली बस्ने बैठकले यसपछि के हुने भन्ने बिषयमा निर्णय गरिने गाउँपालिका स्रोतले बताएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

One thought on “बबईमा १ स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना पुस्टी , दाङमा ४४ संक्रमित थपिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *