बबई गाउँपालिकामा ३० बेडको कोरोना बिशेष अस्पताल तयार

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

बैशाख २० हापुरे ।

दाङको बबई गाउँपालिकामा अक्सिजन सहितको कोरोना बिशेष अस्पताल तयार भएको छ। बबई गाउँपालिका ४ मा रहेको प्रस्ताबिक हापुरे प्राथमिक अस्पतालमा ३० बेडको अक्सिजन सहितको कोरोना बिशेष अस्पताल तयार पारीएको हो ।

प्रस्ताबित अस्पताललाई कोभिड अस्पतालका रुपमा सन्चालनमा ल्याइएको छ । यद्यपि गाउँपालिकाले कोरोना बिशेष अस्पताल तयार पारे पनि अक्सिजन प्रयाप्त मात्रामा पाउन समस्या रहेको गाउँपालिका अध्यक्ष भुवनेस्वर पाैडेलले बताउनु भएकाे छ । अस्पतालमा कोरोनाका बिरामीलाई मात्र राखिने र बिशेष गरी स्वास प्रस्वासमा समस्या भएका बिरामीहरुलाई उपचार गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्मकुमार मल्लले जानकारी दिनु भएकाे छ ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *