बबई ३ का ३५ जेष्ठ नागरिक काँग्रेसबाट सम्मानित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हापुरे २६, असार ।
नेपाली काँग्रेस बबई ३ ले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । प्रजातन्त्र स्थापना पस्चात हाल सम्म नेपाली काँग्रेसपार्टिमा निरन्तररुपमा काम गर्दै आएका ७० वर्ष माथीका ३५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानित जेष्ठ नागरिकहरुले साबिक पुरन्धारा गाबिस हुदाँ नेपाली काँग्रेस पार्टिलाई बलियो बनाउन महत्वपुर्ण भुमिका खेलेको वडा नं. ३ का सभापति प्रेमलाल नगबाघले बताउनु भयो ।

सभापति नगबाघका अनुसार नेपाली काँग्रेस लाई अहिलेको अबस्था सम्म ल्याई पु¥याउनमा उहाँहरुको ठुलो भुमिका रहेको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम नेपाली काँग्रेस बबई ३ का सभापति प्रेमलाल नगबाघको सभापतित्व तथा नेपाली काँग्रेस दाङका सभापति कृती बहादुर खड्काको प्रमुख आतिथ्यता एवम महासमिती सदस्य केशवराज आचार्य र जिल्ला सचिव संकर डांगीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कर्यक्रममा बोल्दै जिल्ला सभापति खड्काले पार्टिलाई सांगठनिकरुपमा बलियो बनाउनमा सम्मानित जेष्ठ नागरिकहरुले गरेको योगदानको प्रसंसा गर्नु भएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि आचार्य र डांगी सहित जिल्ला सदस्य जोगेन्द्र बिश्वकर्मा, महासिमती सदस्य देबिका नेपाली, क्षेत्रीय सभापति जगत खड्का, ३ (क) का सभापति घनस्याम ढकाल, क्षेत्रीय सचिव चुडामणी ढकाल, तरुणदल अध्यक्ष टिका घर्ती, बबई सभापति बलबहादुर बुढा लगाएतकाले बोल्नु भएको थियो । वडा सचिव गोर्बधन खत्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महिला नेत्रीदिपा दिपा केसीले गर्न भएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *