बाँकेका ६० जना एकै दिन कारोना मुक्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


असोज २, बाँके ।
बाँकेका ६० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । कारेना मुक्त हुनेमा एक ६० वर्षीया महिला समेत रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भएको छ । यो सँगै बाँकेमा कोरोना संक्रमणबाट १ हजार १ सय ९२ मुक्त भएका छन । हिजो मात्र बाँकेमा ४४ जना संक्रमित निको भएर घर फर्किएका थिए ।

अहिले जिल्लाका विभिन्न आइसोलेसनमा अन्य जिल्लाका ३ जना गरी ३४५ जना संक्रमित उपचाररत रहेको फोलक पर्सन श्रेष्ठले बताउनुभयो । बाँकेमा हालसम्म १ हजार ५ सय ४६ जनमा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ५ पुरुष र ४ महिला गरी ९ जनाको कोरोनाका कारण ज्यान गएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *