बिस्कर्मा पुजामा शुभकामना आदान प्रदान

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  


असोज १ सल्यान ।
हरेक वर्ष कन्या सक्रान्ति अर्थात असोज १ गतेका दिन मनाउने बिस्वकर्मा पुजा यसबर्ष पनि मनाइएको छ । अघिल्ला वर्षहरुमा बिशेष धुमधामका साथ मनाउने गरिएको बाबा बिस्वकमाको पुजा यस वर्ष कोरोना भाईरसका कारण केही असहज भएको भए पनि सल्यानको त्रिवेणी गाउँपालिकामा रहेको दाजु भाई सन्ट्रक्सन र डि खैराबाङ कन्ट्रक्सनले भने धुमधामका सााथ पुजा आरधना र शुभकामना आदान प्रदान गरि मनाएका छन् ।


कन्ट्रक्सनका वनर डिल्लीराज खड्का र लोकेन्द्र सिंह खड्काले आफ्ना कन्ट्रक्सनमा रहेका स्काभेटर, जेसिभी, ट्रयाक्टर एवम अन्य सवारीको पुजा आरधना गरि मनाइएको बताएका छन् । कन्ट्रक्सनका सवारी चालक तथा सहचालकहरुको सहभागितामा बिस्वकर्मा बाबाको पुजा गरिएको हो ।


पुजाको सुरुवात कन्ट्रक्सनका वनरका बुवा उत्तरक्मार खड्का र उमबहादुर खड्काले गरेको वनर डिल्ली खड्काले बताउनु भएको छ । उहाँका अनुसार अघिल्ला वर्षहरुमा जस्तो धुमधामका साथ पुजा आरधना गर्न नपाइएको भए पनि बाबा बिस्कर्माले सबैको रक्षा गरुन भनि कन्ट्रक्सनले शुभकामना दिदै पुजाआरधना गरिएको बताइएको छ ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *