भोलि फेरि बस्नेगरी एमाले कार्यदल बैठक सकियो, सहमति नजिक पुगेको दावी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, असार २५ । सिंहदरवारमा बसेको नेकपा एमाले कार्यदलको बैठक सकिएको छ । बैठकपछि बाहिरिँदै नेताहरुले सहमति नजिक पुगेको दावी गरेका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता प्रदीप ज्ञवालीले धेरै विषय सहमति नजिक पुगेको र केही भाषा मिलाउन बाँकी रहेकाले भोलि पुनः बस्ने जानकारी गराउनु भयो ।

जातिय भेदभाव तथा छुवाछूत कानुनीरुपमा अपराध हो ।

त्यस्तै माधवकुमार नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि केही विषयमा सहमतिनजिक पुगिएको बताउनु भयो ।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक बसिरहेको छ। भोलि पुनः बैठक बस्ने भएको छ। नेताहरुले यसअघि पनि पटक पटक सहमतिनजिक पुगेको बताउँदै आएका छन्।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *