भोली देखी दाङका वजार र सवारी पुर्णरुपमा खुल्ने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


दाङ २८ भदौ ।
दाङमा बिगत २ साता देखी भएको लकडाउन खुकुलो भएकोे छ । कारोना भाईरसको संक्रमण समुदाय स्तरमा देखिन थाले पछि गत भदौ १४ गते देखी दाङ जिल्लामा लक डाउन गरिएको थियो । आईतबार दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा घोराहीमा बसेको सुरक्षा समितीको बैठकले दाङमा जारी लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

लकडाउन खुकुलो भए संगै भोली २९ गते देखी बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्न पाईने सुरक्षा समितीको बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले सार्वजनिक सवारी साधनहरुलाई जोरबिजोर प्रणलीका आधारमा जिल्ला भित्र संचालन गर्ने निर्णय समेत गरेको छ । सवारी साधन सञ्चालन गर्ने समय पनि बिहान ६ वजे देखी बेलुकी ७ वजे सम्म तोकीएको बताईएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *