मनमतिलाई गायिका टिका सानुको सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


हापुरे २६ भदाै ।

बबई ५ हरुम निबासी मृगौला पिडित मनमती कुमाललाई उपचारका लागी लोक तथा दोहारी गायिका टिका सानुल आर्थिक सहयोग गर्नु भएको छ । गायिका सानु बबई गाउँपालिका ५ मा आएर पिडित कुमाललाई आर्थिक सहयोग गर्नु भएको हो । पछिल्लो समय सामाजिक कार्यमा लाग्दै गएकी गायिका सानुले बिभिन्न देशमा बस्ने सहयोगीहरुले पठाएको ५७ हजार ५ सय रुपैयाँ पिडित कुमाललाई हस्तान्त्रण गर्दै सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिनुभएको छ ।

आर्थिक स्थीती कमजोर भएर उपचारमा समस्या भएकी कुमाललाई रकम हस्तान्त्रण कार्यक्रममा कुमालको उपचारमा सबैले सहयोग गरिदिन समेत गायिका टिका सानुले सबैमा अनुरोध गर्नु भएको छ । कार्यक्रममा नेपाली काँग्रेस बबई ४ का सभापति भुपलाल बुढाको पनि उपस्थीती रहेको थियो । रकम हस्तान्त्रण यूवा नेता बुढा क्षेत्री कै हातबाट गरिएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *