मोटरसाइकल र फोर्स गाडी ठोक्किदा बालकको मृत्यु,आमा र बुवा घाइते

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

हापुरे ८ बैशाख । दाङमा मोटरसाइकल र फोर्स गाडी एक आपसमा ठोक्किदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार बेलुका साढे ५ बजेतिर बबई गाउँपालिका ६ पञ्चकुलेमा पश्चिम देखि तुलसीपुर तर्फ जाँदै गरेको रा ५ प ५६०४ नम्बरको मोटरसाइकल र तुलसीपुर देखि पश्चिम तर्फ आउदै गरेको भे १ ज १००२ नम्बरको फोर्स गाडी एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तुलसीपुर ,६ मोतिपुर निवासी ७ वर्षीय स्पर्श आचार्यको मृत्यु भएको हो ।

साथै मृतक आचार्यका बुवा तुलसीपुर ,६ मोतिपुर निवासी ३९ वर्षिय सुदिप आचार्य र उनकी श्रीमती २८ वर्षिय पार्वती आचार्य घाइते भएका छन् । उनीहरुको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । साथै गाडीलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकलमा सवार तीन जना एकै परीवारका हुन ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *