यूवा संघ लुहामको अध्यक्षमा प्रदिप बिक

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

असोज ४ सल्यान ।
सल्यान त्रीवेणी गाउँपालिका वडा नम्बर ६ लुहाममा राष्ट्रिय युवा संघ नेपालको टोल कमिटी गठन गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) त्रीवेणी गाउँपालिकाले सञ्चालन गरेको टोल कमिटी बिस्तार कार्यक्रम अन्तरगत सनिबार लुहाममा टोल कमिटी गठन गरिएको नेकपा त्रीवेनीका यूवा नेता डिल्लीराज खड्काले बताउनु भएको छ ।
उहाँका अनुसार यूवा संघ लुहाम टोल इन्चार्जमा बिजय भण्डारी र सह इन्चार्जमा चित्र बस्नेतलाई चयन गरिएको छ । प्रर्दिप बिक (ज्यादब) को अध्यक्षतामा सहित ४६ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

वडा नम्बर ६ का वडा पार्टी अध्यक्ष लिलबहादुर रावतको अध्यक्षता तथा कर्णाली प्रदेश कमिटी सदस्य उदय बोहोराको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा त्रीवेणी गाउँपार्टि अध्यक्ष लोकेन्द्र सिङ्ग खड्का, जिल्लाकमिटी सदस्य तथा गाउँपार्टी सचिब अजय रोका, जिल्ला कमिटी सदस्य भिउसेन नेपालि, गाउँपार्टि सदस्य राजेन्द्र थापा, डिल्ली केसी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन ६ नम्बर वडाका पार्टी सचीव भुपाल डागिले गर्नु भएको थियो । कार्यक्रममा रेसम बोहोरा नेपाली कांग्रेसबाट नेकपामा प्रबेस गर्नु थियो ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *