सल्यानका अटाे ब्यबसायी संगठित

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

सल्यान, ७ पुस । मालिका कालिका यातायात प्रालीले आफ्नो शाखा बिस्तार गरेको छ । कर्णाली प्रदेशको सल्यान त्रीवेणी गाउँपालिकामा आफ्नो शाखा बिस्तार गरेको हो । अटो रिक्सा धनी तथा चालकहरुलाई संगठित गरि त्रीवेणी गाउँपालिकाको लुहाममा कार्यालय राख्ने गरि शाखा बिस्तार गरिएको बताइएको छ ।

लुहाम शाखाको अध्यक्षमा ताराप्रसाद केसी चयन हुनुभएको छ । समितीको शाखा बिस्तार कार्यक्रममा प्रालीका अध्यक्ष दिलीप बिक र कार्यालय प्रमुख महेन्द्र महराको उपस्थिती रहेको थियो । कार्यक्रममा निर्माण ब्यबसायी तथा नेकपा त्रीवेणीका यूवा नेता डिल्लीराज खड्काले नब गठित शाखा समितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै यूवा नेता खड्काले जुनसुकै पेसा ब्यबसाय गर्ने भएपनि संगठितरुपमा अघि बढ्दा आफ्हरुलाई नै हुने बताउनु भएको छ । पछिल्लो समय अटो ब्यबसायीहरुले त्रीवेणी गाउँपालिकानका ७ वटै वडाका नागरिकहरुको यात्रामा सहजता ल्याएको बताउदै संगठितरुपमा अगाडी बढ्दा नागरिकको सेवामा थप सुधार आउने बिस्वास ब्यक्त गर्नु भयो ।

२०६८ सालमा अपरेटर संघ गोर्खाको अध्यक्ष र हाल कर्णाली प्रदेशको संयोजक समेत रहेका खड्काले आफु जहिले पनि मजदुरहरुको पक्षमा रहेको बताउनु भयो । त्रीवेणी गाउँपालिका भित्रका अटो ब्यबसायी तथा मजदुरहरुलाई समस्या परेको बेला आफ्नो संघको तर्फबाट सहयोग गर्न तत्पर रहेको समेत उहाँले बताउनु भयो । कार्यक्रममा मालिका कालिका यातायात प्रालीका अध्यक्ष बिक तथा कार्यालय प्रमुखले नयाँ शाखाबाट सञ्चालन हुने अटो रिक्साको भाडा दरमा एकरुपता ल्याउने बताउनु भएको छ । उहाँहरुले आफ्नो संस्था नागरिक प्रती उत्तरदायी रहेकाले सर्बसुलभ सेवा प्रदान गर्नेमा कहि कतै नचुक्ने समेत बताउनु भयो ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *