सल्यानमा नेकपा वली समुह बलियो छ, केन्द्रिय सदस्य शाह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


सल्यान २२ पुस ।
कर्णाली प्रदेशको सल्यानमा नेपाल कम्यूनिष्ट पार्टी नेकपा केपी समहुको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय यूवा संघको संयूक्त जिल्ला स्तरिय भेला सम्पन्न भएको छ । मंगलबार सल्यानको खलंगामा भएको भेलाले रुपक बुढाको अध्यक्षतामा १०१ सदस्यिय अनेरास्वबियू र एक सय ३५ सदस्यिय राष्ट्रिय यूवा संघ जिल्ला कार्यसमिती निर्माण गरेको छ ।

वली समुहको भेलाले यूवा संघको क्षेत्रीय कमिटी पनि बिस्तार गरेको छ । यूवा संघ क्षेत्र नम्बर १ को संयोजकमा ईन्द्रजित भाट र क्षेत्र नम्बरको संयोजकमा डिल्दीराज खड्का चयन हुनु भएको छ ।रुपक बुढाको अध्यक्षता तथा नेकपा वली समुहका केन्द्रिय सदस्य गुलाबजङ्ग शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले जिल्लाका १० वटै स्थानिय तहमा यूवा संघको संयोजक तोकेको छ ।

कार्यक्रममा बोल्दै नेकपा वली समुहका केन्द्रिय सदस्य शाहले आधिकारिक नेकपा नै वली समुहको नेकपा भएकाले कार्यकर्तालाई नअत्तालिन आग्रह गर्नु भयो । उहाँले नेकपा बिभाजित भए पनि वली समुह नै देशको ठुलो कम्यूनिष्ट शक्ति भएको बताउदै सल्यान जिल्लामा वली समुहको बाहुल्यता भएको बताउनु भयो । शाहले सबै नेता कार्यकर्ता एक जुट भएर लाग्नु पर्नेमा समेत जोड दिनु भयो । कार्यक्रमको सञ्चालन राम बहादुर केसिले गर्नु भएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *