सल्यान त्रीवेणीमा नेकपा वली समुहको वडा भेला सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


माघ १३ सल्यान .
सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाल कम्यूनिष्ट पार्टी नेकपा वली समुहले वडा भेला तथा अन्य गतिबिधीहरुलाई तिब्र पारेको छ । वली समुहको गाउँपार्टि कमिटीले आफ्नो समुहको वडा भेला लगाएत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको हो । नेपाल कम्यूनिष्ट पार्टि नेकपा वली समुहको वडा भेलालाई सम्बोधन गर्दै गाउँपार्टि अध्यक्ष लोकेन्द्र बहादुर खड्काले अबको नेकपा भनेको केपी वलीले अघुवाई गरेको नेकपा नै आधिकारीक भएको बताउनु भएको छ ।

अध्यक्ष खड्काले नेपालको बिकास र सम्बृद्धीको चिन्ता गर्ने नेतालाई प्रचन्ड, नेपाल जस्ता पदका भोगीहरुले फसाउन खाज्दा अहिलेको परिस्थीती आएको बताउदै प्रचन्ड नेपाल समुहको पछि लाग्ने गाउँ स्तरका कार्यकर्ता पनि आउदा दिनमा पछुताउनु पर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष खड्काले नेपालको सम्बृद्धी केपी वलीकै हातमा भएकाले सम्बृद्धी चाहाने कार्यकर्ता केपी वली कै समर्थनमा लाग्नु पर्ने बताउनु भयो ।

त्रीवेणी गाउँपार्टिले वली समुहका वडा भेला तथा कार्यकर्ता प्रशिक्षणलाई गाउँपालिकाका सबै वडाहरुमा गर्दै जाने यूवा नेता डिल्ली राज खड्काले बताउनु भयो । उहाँका अनुसार सबै वडामा वली समुहको बर्चस्व कायम हुने गरि कार्यकर्तालाई सचेत गराउने काम भैरहेको बताइएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *