सिराहामा ५९ जना कैदी बन्दीमा कोरोना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


२५ भदौ, । सिरहा सदरमुकाम सिरहामा रहेको जिल्ला कारागारका ५९ जना कैदी बन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारका निमित्त प्रमुख बबिता महतोका अनुसार संक्रमिहरु सबै पुरुष रहेका छन । केही दिनअघि पुर्पक्षका लागि राखिएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्य कैदी बन्दीकोको जँंच गराउदा ५९ जनामा संक्रमण देखापरेको महतोले बताउनु भयो ।

‘उहँंले भन्नु भयोे नयँ आएका सात जना थुनुवालाई छुट्टै ठाउमा राखेका थियौं । तर, उनीहरुलाई ज्वरो आएपछि जांच गराउंदा पोजेटिभ देखिएको थियो । ‘उनीहरुमा पोजेटिभ देखिएपछि अन्यको पनि परीक्षण गराएका थियौं ।’ महतोले पहिला देखिएका ७ जना संक्रमितको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको जानकारी दिनु भयो ।

महतोले प्रत्येक वर्ष भदौ महिनामा कैदी बन्दीमा भाइरल ज्वरो देखापरेको बताउदै यसपटक पनि देखिदा कोरोनाको आशंकामा परीक्षण गराइएको बताउनु भयो । यद्यपि उनीहरुको रिपोर्ट पोजेटिभ आउदा अन्य सबैको परीक्षण गराउनुपर्ने अवस्था आएको उहांको भनाइ छ ।

यसअघि सिरहा कारागारका २१ कैदी बन्दीलाई कोरोना भाइरस संक्रमण सर्ने भन्दै रिहा गरिएको थियो । गत चैतको दोस्रो साता जिल्ला अदालतको आदेशमा एक वर्षभन्दा कम समयको कैद सजाय पाएका उनीहरुलाई रिहा गरिएको थियो ।
सिरहा कारागारको १ सय ५० जना कैदी बन्दी राख्ने क्षमता छ । तर, अहिले कारागारमा ५ सय ९६ जना कैदी बन्दीलाई राखिएको छ । यसमध्ये १८ जना महिला र २ जना आश्रित बालबालिका रहेको कारागार प्रमुख महतोले बताउनु भयो । कारागारको क्षमताभन्दा धेरै कैदी बन्दी भएकाले संक्रमितलाई राख्ने ठाउको पनि अभाव भएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *