सुगर प्रेसर दम तथा बाथरोगको उपचार हापुरेमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


२ असोज हापुरे ।
बबई गाउँपालिकाको केन्द्र हापुरे बजारमा रहेको माता मनकामना पोलिक्लिनिकमा बरिष्ट फिजिसियन आउनुहुने भएको छ । पश्चिम दाङको हापुरेमा पहिलो पटक बिशेषज्ञ सेवा सहित स्थापना भएको पोलिक्लिनिकमा भोली असोज ३ गते शनिबार बरिष्ट फिजिसियन डा. सुजन थापा आउन लाग्नु भएको पोबिक्लिनिक सञ्चालक प्रेम वलीले जानकारी दिनु भएको छ । सञ्चालक वलीका अनुसार पश्चिम दाङका नागरिकको स्वास्थ्य समस्यालाई ध्यानमा राखी प्रत्यक शनिबार बिशेषज्ञ डाक्टरहरु द्धारा सेवा दिईरहेको बताइएको छ ।

पोलिक्लिनिकले अहिले प्रत्यक दिन एमबिबिएस डाक्टर द्धारा बिरामीहरुलाई सेवा दिई रहेको समेत उहाँले जानकारी दिनु भयो । आउदो शनिबार आउन लाग्नु भएका बरिष्ट फिजिसियन डा. डा. सुजन थापा द्धारा सुगर, प्रेसर, दम, थाईराईड, बाथ, छाती तथा पेट सम्बन्धि रोगहरुको चेकजाँच तथा उपचार गरिने पोलिक्लिनिकले बताईएको छ । बिशेषज्ञ सेवाको लागी फोनबाट नाम दर्ता गर्न सकिने पनि पोलिक्लिनिक सञ्चालकले बताएका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *