स्वास्थ्यकर्मीलाई थप ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने सरकारकाे घाेषणा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले जोखिम मोलेर कोभिड संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खाइपाइ आएको तलबको ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेको छ । आज सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र स्वास्थ्य बीमाको व्यवस्था सरकारले गर्ने बताएका हुन् ।

उनले स्वास्थ्य जनशक्ति परिपूर्ति गर्न अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा भर्ना गरेर जनताको सेवामा लगाइने बताए । ओलीले ओलीले ठूला अस्पतालमा तत्काल अक्सिजन प्लान्ट स्थापना गरिने पनि बताए । त्यस्तै सरकारले उद्योग तथा कलकारखानामा अक्सिजनको आपूर्ति बन्द गरेको पनि बताए ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *