साझा प्रकाशनले नीजि क्षेत्रका प्रकाशनसित प्रतिस्पर्धा गर्न सक्ला ?

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

ढाङ लगाएर टेवुलमा विभिन्न थरीका पुस्कत चाँजेर राखिएका थिए । यहि वातावरणमा जनता बुक स्टल बैंक रोड घोराहीका सन्चालक रामभक्त गुप्ता झुम्मीएका ग्राहकसँग हाँस्दै कारोवार गरिरहेका भेटिन्थे ।
अधिकांश पुराना पुस्तकको थुप्रो थियो । कुर्सिदेखि ¥याक सम्म जता छाम्दापनि हातमा धुलो लाग्थ्यो । त्यहाँ विदा हँुदै गरेका शोरुम ईन्चार्ज शुरेन्द्र भुषाल हिसाव किताव बुझाई रहनु भएको थियो ।

भर्खरै सरुवा भई आउनु भएका शाखा प्रमुख दुर्गा डाँगी ध्यान केन्द्रित गरेर बुझ्दै गर्नु भएको थियो । त्यहाँको वातावरण्मा न कनुै उत्साह थियो न त नयाँ पन नै देखिन्थ्यो ।
पहिलो भेटमै प्रमुख डाँगीले भाषा साहित्य र कलाको विकास साझा बाहेक अन्तबाट हुनै नसक्नै ठोकुवा गर्नुभयो । जसरी पनि साझालाई जोगाउन पुससेल विधिबाट पुस्तक विक्री गरिने जानकारी दिनुभयो ।

साहित्यकार पत्रकारहरुलाई आकर्षित हुन र सहयोग गर्न अपिल गर्नुभयो । डाँगीको उत्साहले अहिल्यै केही भईहाल्छ की भन्ने सन्देश दिन्थ्यो । अब साझाको रुप फेरिन्छ भन्न सकिन्थ्यो ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *