• स्थानीय समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • थप
    • अन्तरवार्ता/विचार
    • सूचना प्रविधि
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • स्थानीय समाचार
    • राजनीति
    • अर्थतन्त्र
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • थप
      • अन्तरवार्ता/विचार
      • सूचना प्रविधि
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    Nabinpm Raptitoday.com Raptitoday raptitody.com #बनगाड कुपिण्डे Raptitody #सल्यान #बनगाडकुपिण्डे #जाजरकोट #स्वबियु #निर्वाचन #छत्रेस्वरी #गंगादेब गाउपालिका #वाइसिएलनेपाल

नेकपा एमाले सल्यानको नेतृत्वले गर्दा कार्यकर्तामा निराशा ।

नेकपा एमाले सल्यान को एघारौं अधिवेशन यहि २०८०चैत १८-२० मा सम्पन्न गते जिल्ला समन्वय को हलमा भएको । त्यस अधिवेशनबाट चुनिएर आएको नेतृत्वले सल्यानमा एमालेको नवीन कार्यभार उचाल्छ कि उचाल्दैन, नयाँ नेतृत्व कस्तो आउने र त्यसले समग्र सल्यानको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक नेतृत्व बहन गर्न सक्छ कि सक्दैन भन्नेमा आम कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरुले चासोको रुपमा हेरेका छन् ।

अब नेकपा एमाले सल्यानको नेतृत्वले नेता कार्यकर्तामा मात्र हैन, जनमानसमा आशा सञ्चार गर्छ कि गर्दैन ? पुरानो होइन, नयाँ एमाले बनाउने जबजको योजना, विचार, सङ्गठन र नेतृत्वको प्रश्न निरुपण गर्नु नै अधिवेशनको प्रमुख जिम्मेवारी हुनेछ । एमालेका कार्यकर्ताहरुले नयाँ जोश, जाँगर र संकल्पसहित नयाँ नेतृत्व चयन गरेका छन् ।

विगतको अनुभवबाट सिकेका पाठलाई आधार बनाएर पार्टीलाई कसरी सवल, सुदृढ, एकताबद्धमात्रै होइन,सल्यान लगाएत देशका सबै कम्युनिष्टको आकर्षणको केन्द्र बनाउने विश्वासिलो योजना बनाउन जरुरी छ ।

एमाले सल्यान को अधिवेशनबाट पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक बनाउन तल्लीन हुनुपर्ने नेताहरु एकापसमा सिगौंरी खेल्दा कार्यकर्ताहरुमा भने निराशा पैदा गराइरहेको छ । पार्टी को गुटबन्दी जिल्ला पालिका हुँदै वडा र टोल तहमै छताछुल्ल छ ।

अबको दिनमा पार्टी र संगठन कस्तो बनाउने, अन्तरपार्टीबाट आएकाहरुलाई कसरी व्यवस्थापन गर्ने र पार्टी संगठन र भा.सलाई कहाँसम्म लैजाने भन्नेतर्फ नेताहरुको ध्यान पुग्नुपर्नेमा नेतृत्व कसरी हत्याउने र नेतृत्व भएका हरुलाई आफू अनुकूल कसरी बनाउने भन्ने ध्याउन्नमा छन् ।

नेता कार्यकर्तामा हिजोको आदर्श र बलिदानी भावनामा स्खलन आएको छ । नेताहरुमा आएको आर्थिक अपारदर्शिता, कार्यकर्तामा बढेको स्वार्थ र ‘एसम्यान’हरु जम्मा गर्ने होडबाजी बढेको छ । पार्टीभित्र अवसरवाद, कृपावाद र अराजकता जस्ता विकृति मौलाएका छन् ।

हो, यही धरातलीय यथार्थमा उभिएर पार्टीभित्रको समस्या समाधान गर्न, पार्टीमा हराउँदै गएको आलोचना र आत्मालोचना एवं दण्ड र पुरस्कारको विधिलाई पुनर्जीवित गर्दै अबको एमाले कस्तो बनाउने भन्ने प्रश्नको उत्तर खोज्ने जिम्मेवारी जिल्ला अधिवेशनमा सहभागी भएका र प्रतिनिधिको छनोट गरेर पठाएका हरुको हुनेछ ।

सदस्य संख्या र मतदाताको हिसाब गर्दा समग्रमा आज पनि एमाले सल्यान जिल्लाकै सबैभन्दा ठूलो दल हो । गत स्थानीय तह र संसदीय निर्वाचनमा बलियो विपक्षी गठबन्धन (कांग्रेस माओवादी र समाजवादी ) सँग एक्लै भिडेको एमालेले आफ्नो लोकप्रिय मतलाई जोगाएको थियो । एमाले भित्रको आन्तरिक समस्या समयमै समाधान हुन नसक्दा केही स्थानमा पराजित हुन पुगेको तीतो यथार्थ छ ।

एमाले सल्यानको अबको नेतृत्वले स्थायी गुटबन्दीलाई संस्थागत गर्न होइन, सदाका लागि रोक्ने सार्वजनिक प्रतिज्ञा गर्नुपर्नेछ । नेताहरुले बाटो बिराउँदा कार्यकर्ताले सास्ती भोग्ने अवस्थाको अन्त्य हुनुपर्छ । नेताहरुको अभिव्यक्ति, हाउभाउ, चालचलन अनुशासित, मर्यादित र शालीन हुनुपर्छ । आम कार्यकर्ताको अपेक्षा यही नै हो ।

यसैगरी अघिल्लो संसदीय निर्वाचनमा जिल्लाको १ संघीय निर्वाचन क्षेत्र र सबै प्रदेशसभामा एमालेका उम्मेदवार पराजित भएकोमा यस पटक प्रत्यक्षतर्फ जिल्ला नै शून्य हुन पुग्यो ।

बलिदानी भावनामा स्खलन आएको छ । नेताहरुमा आएको आर्थिक अपारदर्शिता, कार्यकर्तामा बढेको स्वार्थ र ‘एसम्यान’हरु जम्मा गर्ने होडबाजी बढेको छ । पार्टीभित्र अवसरवाद, कृपावाद र अराजकता जस्ता विकृति मौलाएका छन् । हो, यही धरातलीय यथार्थमा उभिएर पार्टी भित्रको समस्या समाधान गर्न, पार्टाीमा हराउँदै गएको आलोचना र आत्मालोचना एवं दण्ड र पुरस्कारको विधिलाई पुनर्जीवित गर्दै अबको एमाले कस्तो बनाउने भन्ने प्रश्नको उत्तर खोज्ने जिम्मेवारी निर्वाचित जिल्ला कमिटी को हो ।

कुनै पनि नेतामा अतिवाद र दम्भपूर्ण प्रस्तुति देखिनु राम्रो संकेत होइन । एमाले सल्यानको अबको नेतृत्वले पार्टीभित्र सबैलाई समेट्ने, फराकिलो हृदय देखाउने हिम्मत जुटाउनुपर्छ । गुटबन्दी र आन्तरिक कलहले पार्टी सही गतिमा अघि बढ्न सक्दैन भन्ने तथ्यलाई नेतृत्वले बेलैमा बुझ्नु जरुरी छ ।

एमालेमा सच्चिनुपर्नेमा नेताहरुमात्रै होइनन् कार्यकर्ता पनि छन् । गुटको पछि लागेर एउटा नेतालाई देवत्वकरण गर्ने र अर्कालाई राक्षस र पत्रु सावित गराउँदै चिया चौतारोमा मानमर्दन गर्ने काम कार्यकर्ताले पनि छाड्नुपर्छ । सीमित व्यक्तिमा रमाउँदा सिंगो पार्टी सकिनसक्छ भन्ने कुराको हेक्का अबको नेतृत्वले राख्नुपर्छ ।

यथार्थमा कुनै पनि पार्टीको लागि प्राणघातक रोग भनेको गुटबन्दी र स्वार्थ समूह नै हो । यसले गर्दा नेता कार्यकर्ता दुई पक्षमा विभाजितमात्रै भएका छैनन्, उनीहरुका मन पनि फाटेका छन् । एमालेले जिल्ला अधिवेशनबाट कार्यकर्ताको मन धुजाधुजा बनाउने होइन, मिलाउन पर्ने हो ।

धाँजा फाटेको सम्याउनुपर्नेमा झन गहिरो खाडल खन्ने काम शुरु हुन थालेको देखिँदैछ । अध्यक्ष ओलीले भने जस्तै एमालेलाई पुरानो होइन, नयाँ, जुझारु, बलियो र एकताबद्ध बनाउन सल्यानका नेताहरुले व्यक्तिगत एगो त्यागेर फराकिलो छाती बनाउन जरुरी छ । अबको संसदीय र अन्य दातृ निकएमा नेतृत्वका लागि यो निकै ठूलो चुनौती बन्नेछ ।
प्रबिन घर्ती मगर
राष्ट्रिय युवा संघ नेपाल
संयोजक
जिल्ला कमिटी सल्यान

ताजा अपडेट
  • १. वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन

  • २. वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।

  • ३. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

  • ४. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

  • ५. बनगाडको चौथो मेयर कप उद्घाटन भलिबलमा पहिलो खेलनै विवादित

चर्चित

हाम्रो बारेमा

हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याउन्ने प्रयत्न गर्ने छौँ ।

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
शारदा नगरपालिका-१, श्रीनगर सल्यान
सिधा सम्पर्क : 9857849493
इमेल : raptitoday9@gmail.com

 

हाम्रो टीम

सम्पादक: शिव देवकोटा

सह-सम्पादकः नवराज ओलि

प्रमुख संवाददाता: नविन पुन

संवाददाता : अमृत बुढाथोकी, विशाल पुन, ज्ञानेन्द्र पुन, कृष्ण बुढाथोकी

सामाजिक संजाल

© 2025 Rapti Today . All Rights Reserved.