राष्ट्रिय युवा संघ सल्यानको अध्यक्षमा घर्ती मगर निर्वाचित।
राप्ती टुडे सल्यान, २६ भद्रा ।
राष्ट्रिय युवा संघ नेपाल सल्यानको जिल्ला अध्यक्षमा प्रबिन घर्ती मगर सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
बुधबार सल्यान खलंगामा भएको १२ औँ जिल्ला अधिवेशनबाट प्रबिन घर्ती मगर अध्यक्ष रहेको २९ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको हो ।
जस्को उपाध्यक्षमा बिमल रावत सचिव निर्मल सचिव सह- सचिव लोकेन्द्र चन्द, मदन घर्ती मगर कोषाध्यक्ष मनिषा बिक रहेका छन् ।
युवा संघ सल्यानको जिल्ला अधिवेशन उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उप-महासचिव राजन थापाले युवा संघ नेकपा एमालेको बलियो शक्ति भएको बताएको बताउदै पार्टी लाई गतिशील बनाउन संगठनले महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो ।कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका थापाले नवनिर्वाचित टिमलाई कार्यकालको शुभकामना सहित बधाई समेत दिनुभएको थियो ।
कार्यक्रम बोल्दै युवा संघ कर्णाली प्रदेश कमिटी सह-इन्चार्ज लोकेन्द्र गौतमले युवा संघ समक्ष नेतृत्व जन्माउने महत्त्वपूर्ण अंग भएकाले पार्टीले युवा संघलाई विशेष प्राथमिकतामा दिनुपर्ने बताउनुभएको थियो।
कार्यक्रममा युवा संघ कर्णाली प्रदेश उप-सचिव नवराज वली,सदस्य दामोदर घड्का अनेरास्ववियु कर्णाली प्रदेश अध्यक्ष राजेश वली उपाध्यक्ष बिबस भारती अनेरास्ववियु जिल्ला कमिटी सल्यानका अध्यक्ष बिशाल पुन सचिव शिव देवकोटा उप-सचिव यज्ञ खरेल लगाएतकाे उपस्तिथि रहेकाे थियाे ।
युवा संघ सल्यानका संयाेजक प्रबिन घर्ती मगरको अध्यक्षतामा सुरु भएकाे कार्यक्रममा युवा संघ शारदा नगर कमिटी अध्यक्ष ललित चलाउनेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण दिलिप रावतले गर्नुभएको थियो ।