कृष्ण बगर.
साहित्यकार पश्चिम सल्यान!
सल्यान ! सम्झदा बरु बाल्यकाल नै रमाइलो लाग्थ्यो न भविस्यको चिन्ता न धनी गरिव बिचको अन्तर थाहा हुन्थ्यो जे माग्यो त्यो पाईन्थ्यो आमाबुवा भए सबथोक पाए जस्तै लाग्थ्यो जब बालापनले किनारा छोड्न थाल्यो उमेर ढल्किदै गयो तब अलि अलि थाहा हुँदै गयो पुजीवादी र न्यून स्थरका श्रम गरेर खाने बिचहरुको अन्तर जीवन शैली यति फरक हुदो रैछ भन्ने कुरा कोहि कोहि दिनभर श्रम गरेर पनि साझ बिहान हातमुख जोहो गरेर खान हम्मे हुने त कोहि चिल्ला कार र महलमा बसेर पनि ऎस आरामका जिन्दगी कटाईरहेका हुन्छन आखिर यस्तो भिन्नता किन?र कसरी उत्पन्न भयो म यस्तै कुराहरु चासोका साथ सोच्ने गर्थे जिन्दगी हो अध्यन र ढल्किदो उमेर संगै उच्च शिक्षा हासिल गरेर पनि यो देशको चरम भ्रष्टाचार बेथिति नातावादकै कारण पनि शिक्षित र देशमै केही गर्ने हुटहुटी बोकेका युवाहरु पनि अध्यन गर्दा लागेको ऋण बालबच्चा श्रीमती र गरिविको चपेटामा छटपटाई रहेका बृद्ध आमाबुवाको छाक टार्नै कै लागि भए पनि हामी नेपाली युवाहरुको बिडम्बना खाडी जानै पर्ने रहेछ देशको माटो जीवन संगिनि आफ्नै हात बाट हुर्केका बालबच्चा बुढेसकालमा अस्ताउदै गरेका बुवाआमा साथीभाइ सबैलाई छोडेर जान मन नभए पनि आखाभरी आँसु मनभरी पिरहरुका व्यथा काथमा साहुको ऋणको जिम्मेवारी बोकेर त्रिभुवन विमानस्थल बाट परदेशिनु बाहेक अर्को विकल्प नेपाली युवाहरुमा देखेन परदेश गए पनि भने जस्तो हुदैन अर्काको ठाउँ स्थान बिरानो साथी बिराना भाषा सस्कृती बिरानो समय बिरानो सबै कुराहरु गहिरिएर कल्पना गर्दा जिन्दगीका केही थान खुसिहरु देशमै छोडेर आए छु भन्ने आभास लाग्दो रैछ मालिकहरुको रुको बोली समय अभावका कारण समयमा खाना खान नपाएको पलहरु सम्झिदा एक पटक आमाबुवा आफ्नै स्वतन्त्र ता छाएको पाखापखेरी आखाभरी सम्झिनु बाहेक अरु विकल्प पनि नहुने रैछ घरीघरी अब त अर्को साल जसरी पनि फर्किनु पर्छ भन्ने आशा मनभरी बोकेर के गर्नु साहुको ऋणले बिचित्र बनाएको एउटा गरिव मन साघुरो बनाएरै भए पनि अर्काको ठाउमा बस्नै पर्ने बाध्यता हुदो रैछ,देशलाई चिनेर पनि देशले चिन्न नसकेको एउटा युवा बिरोजगार र गरिविकै कारण परदेशिनु पर्ने बाध्यता छ,सकुशल देशमै फर्किन पाए त त्यही माटोमा फेरि भेटौला नत्र जिन्दगी……हो!
त्यसैले देश हाक्ने देश बनाउछु भनेर समाज रुपान्तरण र परिवर्तनका लागि राजनीति गर्ने अठोट बोकेका सबै राजनीतिक दलहरु पछिल्लो समयमा बढ्दै गएको भ्रष्टाचार बेथिति बिरोजगार युवा पुस्तामा देश छोड्नेहरुको लर्को गरिबी जस्ता मुद्दामा आधारित भएर राजनीति गरे केही थोरै भए पनि देशमा सुधार आउला नत्र युवा पुस्ताको यो फितलो राजनीतिले मात्र अबको युवा पुस्ताले अझै दुख पाउनेमा म ढुक्क छु!