• स्थानीय समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • थप
    • अन्तरवार्ता/विचार
    • सूचना प्रविधि
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • स्थानीय समाचार
    • राजनीति
    • अर्थतन्त्र
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • थप
      • अन्तरवार्ता/विचार
      • सूचना प्रविधि
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    Nabinpm Raptitoday.com Raptitoday raptitody.com #बनगाड कुपिण्डे Raptitody #सल्यान #बनगाडकुपिण्डे #जाजरकोट #स्वबियु #निर्वाचन #छत्रेस्वरी #गंगादेब गाउपालिका #वाइसिएलनेपाल

२०८४ उथलपुथल हुन्छ,नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना छ : विप्लव

  •  राप्ती टुडे
  • २०८१ माघ १४, सोमबार १९:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले २०८४ नेपालको राजनीति उथलपुथल हुने दाबी गरेका छन् । सोमबार बुढानीलकण्ठमा पार्टीले सञ्चालनमा ल्याएको ‘सी व्यापार केन्द्र’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ कायाकल्प हुने दाबी गरेका हुन् ।

    ‘२०८४ सामान्य हुँदैन । उथलपुथल हुन्छ । कायाकल्प हुनसक्छ । एकपटक हामीले नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना छ । नेपालको राजनीतिलाई आकासबाट धर्तीमा उभ्याउन चाहन्छौँ । नेपाली जनताले एक पटक समाज हेर्न चाहेका छन् । आगामी निर्वाचनमा समाजवादी शक्ति एक भएर चुनावमा भाग लिन्छौँ’, उनले भने ।

    कार्यक्रममा उनले आफू सत्ताकै लागि राजनीति गरेको भन्दै कसैसँग मागेर नभइ आफ्नै शक्तिमा सत्ताको नेतृत्व गर्न चाहेको जिकिर गरे । ‘यहाँ प्रधानमन्त्री बन्न चाहना राख्नुभयो भन्नुभयो । हामीले सत्ता दिनोस् हजुर भनेर मागेको होइन’, उनले भने, ‘सत्ता नै नभए राजनीति धरापमा पर्छ । सत्ताकै लागि हामीले राजनीति गरेको हो । यो माग्ने चिज होइन नैसर्गिक अधिकार हो ।

    विप्लवले २०६४ लाई माओवादीले थेग्न नसक्दा अहिले समस्या आएको बताए । त्यसबाट पाठ सिकेर वर्ग सङ्घर्षसँगै (राजनीति) क्रान्तिसँगै उत्पादनमा जोडिएको स्पष्ट पारे ।

    पार्टीले गरेको उत्पादन उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्ने उनले विश्वास व्यक्त गरे । उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्छौँ होला । एउटा व्यापारीले सक्छ भने हामी किन सक्दैनौँ । हामीले चन्दा उठाएर बनाएका होइनौँ । २४ घण्टा राजनीति गर्नु जरुरी छैन । तीन घण्टा श्रममा जोडिनोस् भनेर मैले पार्टीका साथीहरूलाई भन्ने गरेको छु’, श्रमनीतिबारे प्रष्ट पार्दै उनले भने, ‘अब झोला बोकेर अगाडि बढ्न सकिँदैन । उत्पादनले हामीलाई अहिले समस्या छैन । हाम्रो विश्वास के छ भने घाटामा जाँदैनौँ । मरेर श्रम गर्छौँ ।’

    विप्लवले चार मित्रशक्ति (कम्युनिस्ट, समाजवादी, देशभक्त र अग्रगामी) सँग आफूहरूको दुश्मनी नभएको स्पष्ट पारे । आफ्नो दुस्मनी राज्यको दोहन गरेर भ्रष्टाचार गरी देशलाई टाट पल्टाउनेसँग भएको उनले बताए ।

    Post Views: 176
    • Raptitoday
    • raptitody.com
    प्रकाशित मिति: २०८१ माघ १४, सोमबार १९:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन
    वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।
    सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित
    ताजा अपडेट
    • १. वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन

    • २. वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।

    • ३. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ४. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ५. बनगाडको चौथो मेयर कप उद्घाटन भलिबलमा पहिलो खेलनै विवादित

    चर्चित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याउन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    शारदा नगरपालिका-१, श्रीनगर सल्यान
    सिधा सम्पर्क : 9857849493
    इमेल : raptitoday9@gmail.com

     

    हाम्रो टीम

    सम्पादक: शिव देवकोटा

    सह-सम्पादकः नवराज ओलि

    प्रमुख संवाददाता: नविन पुन

    संवाददाता : अमृत बुढाथोकी, विशाल पुन, ज्ञानेन्द्र पुन, कृष्ण बुढाथोकी

    सामाजिक संजाल

    © 2025 Rapti Today . All Rights Reserved.