सल्यान – नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संस्था प्रेस सेन्टर नेपाल आज माघ १५ गते २० वर्ष पूरा गरी २१ओैँ वर्षमा प्रवेश गरेको छ। प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा सल्यान अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । प्रेस सेन्टर नेपाल जिल्ला शाखा सल्यानले मंगलबार बिहान जिल्ला अस्पताल सल्यानमा उपचाररत बिरामीलाई फलफुल वितरण गरेको हो । समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै दिवसको अवसरमा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको जिल्ला अध्यक्ष सरिता चलाउनेले बताइन । उनका अनुसार अस्पतालमा उपचार गराइरहेका करिब ३५ जना बिरामीलाई फलफूल प्रदान गरिएको हो । बिरामीहरूसँग भेटघाट गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेर फलफुल वितरण गरिएको जनाइएकोछ । यश कार्यक्रमले बिरामी र उनका परिवारलाई मनोबल बढाउन सहयोग पुर्याएको बिश्वास लिएको चलाउनेको भनाइ छ। प्रेस सेन्टर नेपालले विगत २१ वर्षदेखि नेपाली पत्रकारिताको उत्थानमा योगदान गर्दै आएको छ। यस प्रकारका सामाजिक सेवाका कार्यले पत्रकारिता क्षेत्रको मानवीय पक्षलाई पनि उजागर गर्ने विश्वास लिइएको छ। समाजसेवा र पत्रकारितालाई एकैसाथ अघि बढाउँदै, संस्थाले आगामी दिनहरूमा पनि यस्तै कार्यलाई निरन्तरता दिने प्रतिबद्धता गरिएको छ।
फलफुल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्र सल्यानका संयाेजक मान बहादुर मल्ल, प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रतीक इच्छुक शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत , सचीव बुद्धि पुन, जिल्ला अस्पताल सल्यानका एमडिजिपि डाक्टर बुद्धिनाथ शाह, प्रेस सेन्टर नेपालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल सल्यानका सचीव अमृत बाबू बुढाथोकीले गरेका थिए ।
प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसमा सल्यान अस्पतालका बिरामीलाई फलफूल वितरण
प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसमा सल्यान अस्पतालका बिरामीलाई फलफूल वितरण

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु