• स्थानीय समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • थप
    • अन्तरवार्ता/विचार
    • सूचना प्रविधि
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • स्थानीय समाचार
    • राजनीति
    • अर्थतन्त्र
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • थप
      • अन्तरवार्ता/विचार
      • सूचना प्रविधि
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    Nabinpm Raptitoday.com Raptitoday raptitody.com #बनगाड कुपिण्डे Raptitody #सल्यान #बनगाडकुपिण्डे #जाजरकोट #स्वबियु #निर्वाचन #छत्रेस्वरी #गंगादेब गाउपालिका #वाइसिएलनेपाल

सल्यानका १३ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप लगाइँदै

  •  राप्ती टुडे
  • २०८१ माघ १५, मंगलवार २१:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सल्यान – सल्यानका झण्डै १३ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ९३८ किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिँदैछ ।

    स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाका १० पालिकाका २३७ खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने छ । देशव्यापी रुपमा सञ्चालन हुने यो कार्यक्रम यही माघ २२ देखि फागुन ६ गतेसम्म चल्नेछ ।

    विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई अभियानको अन्तिम दिन खोप लगाइने तयारी गरिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले  खोप केन्द्रमा २५० स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने बताए । उनका अनुसार जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

    जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप अधिकृत तारा रिजालका अनुसार यो अभियानले ९० प्रतिशत किशोरीलाई खोप पु¥याउने लक्ष्य राखेको बताउनुभयो । उहाका अनुसार ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको क्यान्सर परीक्षण र उपचारसमेत सुनिश्चित गर्न सरकारको योजना रहेको छ । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

    Post Views: 350
    • Nabinpm
    • Raptitoday
    • raptitody.com
    प्रकाशित मिति: २०८१ माघ १५, मंगलवार २१:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन
    वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।
    सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित
    ताजा अपडेट
    • १. वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन

    • २. वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।

    • ३. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ४. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ५. बनगाडको चौथो मेयर कप उद्घाटन भलिबलमा पहिलो खेलनै विवादित

    चर्चित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याउन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    शारदा नगरपालिका-१, श्रीनगर सल्यान
    सिधा सम्पर्क : 9857849493
    इमेल : raptitoday9@gmail.com

     

    हाम्रो टीम

    सम्पादक: शिव देवकोटा

    सह-सम्पादकः नवराज ओलि

    प्रमुख संवाददाता: नविन पुन

    संवाददाता : अमृत बुढाथोकी, विशाल पुन, ज्ञानेन्द्र पुन, कृष्ण बुढाथोकी

    सामाजिक संजाल

    © 2025 Rapti Today . All Rights Reserved.