दार्मा । सल्यानमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका – ३ बाझठाना बस्ने अन्दाजी बर्ष २५ का काले पाण्डेको स्थानीय दार्मा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
बिहिबार बिहान कपडा धुन भनी उनि दार्मा खोलामा गएका थिए सोही खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । उनी केहि कपडा धोएर सुकाएको र केही कपडा धुन बाकी रहेको अवस्थामा खोलामा डुबेर मृत्यु भएको स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाए लगत्तै प्रहरी घटना स्थलमा पुगेको थियो खोलामा पानीको बहाव धेरै नभएपनी युवक पानी र हिलो जमेको स्थानमा डुबेको भेटिएका थिए । स्थानीयका अनुसार उनी मानसिक रोगी र छारे रोग रहेको भन्ने बुझिएको प्रहरी निरीक्षक बस्नेतले बताए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइछ ।