नबिन पि.एम.
बनगाड । सल्यान बनगाड कुपिण्डे नगर खेलकुद बिकास समितीको आयोजनामा बनगाड कुपिण्डे नगर स्तरीय चौंथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि माघ १९ गतेबाट सूरु हुने भएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता छनौटका खेलहरु माघ १९ देखि २२ गते सम्म हुने भएका हुन् ।
यहि माघ १९ गतेबाट श्री प्रभाकर मावि देबस्थलको खेल मैदानमा छनोट खेलहरु सञ्चालन गर्ने निर्णय भएको नगर खेलकुद बिकास समिति अध्यक्ष रिम बहादुर बिष्टले जानकारी दिए । गत माघ ८ गते गते बसेको नगर खेलकुद बिकास समित,बिधालयहरुका प्रअहरु र नगर शिक्षा शाखाको सयुक्त बैठकको निर्णय अनुसार नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता संचालन हुन लागेको हो ।
प्रतियोगितामा नगरपालिका भित्रका कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । नगर स्तरीय प्रतियोगितामा भलिबल,कबड्डी,दौड,रिले दौड,हाइजम्प,लम्जम्प,ट्रिपल जम्प,सटफुट,ज्याबलिङ थ्रो, लगायतका खेलहरू हुने खेलकुद विकास समिति अध्यक्ष बिष्टले जानकारी दिए । प्रतियोगितामा भलिबल कबड्डि बाहेक अन्य खेहरुमा खेलाडीहरुले ३ र दौड तर्फ २ खेल सम्ममा सहभागी जनाउन पाउने बताइएकोछ ।
यहि माघ १७ गते कार्यालय समय भित्र नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा सहभागी खेलाडी र टिमको लागि आबेदन आईपुग्नु पर्ने बताइएकोछ । अन्यथा खेलकुद बिकास समिति जिम्मेवार हुने छैन । गत माघ ८ गतेको निर्णयलाइ कडाइका साथ पालन गरिने र पर्जि खेलाडी पाइएमा नियमअनुसार कार्वाही हुने समेत बताइएकोछ । प्रतियोगितामा नगर भित्रका ८ सामुदायिक र २ स्थागत गरि १० बिधालयका विभिन्न बिधाका खेलाडीहरु सहभागी हुने भएका छन् । प्रतियोगिताबाट छनौट हुने खेलाडीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन पाउनेछ्न ।