छिन्चु । सुर्खेतको भेरिगङ्गामा बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक समेत रहेका दैलेखको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिए । बिहीबार दिउँसो करिब २ बजे तिर रत्नराजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–३ सत्तरीमा नेपालगञ्जबाट सुर्खेततर्फ जादै गरेको ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशाबाट आएको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक एक आपसमा ठोक्किएका थिए ।
बस र मिनी ट्रक ठोक्किँदा घाइते भएका ट्रक चालक पुन मगरको उपचारको क्रममै कर्णाली प्रदेश अस्पताल कालागाउँमा दिउँसो ३ बजे मृत्यु भएको बताइएकोछ ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा बर्दिया मधुवन नगरपालिका–१३ का ३९ वार्षिय पूजा थापा, बर्दियाकै मुधवन नगरपालिका–२ कि ५० वार्षिया शान्ती थापा, बर्दिया गुलरिया–४ बस्ने वर्ष ६० की हरि राम गुडिया, सुर्खेत वीरेन्द्रनगर–११ बस्ने वर्ष ६८ का पुरी चन्द्र भट्टराई रहेका छन् । यस्तै दैलेख डुङगेश्वर गाउँपालिका–१ बस्ने वर्ष २० का गणेश थापा, बस चालक वीरेन्द्रनगर–९ बस्ने वर्ष ४१ का थमन राना पनि घाइते भएका छन् । घाइतेहरूको प्रदेश अस्पताल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।