गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन्।
शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
विवाह भएको एक वर्ष नबित्दै गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् ।
पतिले अनेक शंका-उपशंका गरेको र मानसिक तनाव दिएको संगै चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।