नबिन पि.एम
बनगाड । “स्वास्थ्यका लागि खेलकुुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकामा नगर स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरू भएको छ । प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भिम प्रकाश शर्माले गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्ब मन्त्री शर्माले खेल क्षेत्रको बिकासको लागि आफु सधै लागि परेको र खेलाडी रास्ट्रको गहनाको रुपमा चिनिन यस्ता खेलकुदहरुले मदत गर्ने बताए । कार्यक्रममा बिशिस्ट अतिति नगर प्रमुख कर्ण बहादुर बुढाथोकिले बनगाडमा शिक्षालाइ पहिलो प्राथमिक्ता राख्दै खेल क्षेत्रलाइ बिकास गर्न आफुले गम्भीर रुपमा लागि परेको र खेललाई हार–जीतभन्दा सिकाइको रूपमा लिनुपर्ने बताए। खेलकुदले विद्यार्थीलाई अनुशासन, आत्मविश्वास र परिश्रमको महत्त्व बुझाउने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा थियो। यस्तै वडाअध्यक्ष हरुको प्रतिनिधित्व गर्दै ७ नम्बर वडा अध्यक्ष जिबन सिंह ठकुरिले महत्त्वपूर्ण भनाइ राखे भने प्रतियोगितामा नगर भित्रका ८ सामुदायिक र २ स्थागत गरि जम्मा १० वटा विद्यालयका खेलाडीहरु सहभागी भएका छन्। प्रतियोगिता आज देखि यहि माघ २२ गते सम्म चल्नेछ । बनगाड कुपिण्डे नगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा नगर उप प्रमुख पुरुस्तोतम आचार्य, वडाध्य्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु , खेलप्रेमी, विद्यार्थी, पत्रकार बुद्धिजिबि समाजसेबि लगाएतको उपस्थिती रहेको थियो। नगर खेलकुद बिकास समिति अध्यक्ष रिम बहादुर बिष्टको सभाध्यक्षता र नगर खेलकुद बिकास समिति सदस्य कमल बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर खेलकुद बि.स.सदस्य सुसान्त केसिले गरेका थिए ।
सल्यान बनगाड कुपिण्डेमा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड शुरु
सल्यान बनगाड कुपिण्डेमा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु