नबिन पिएम ।
सल्यान । दोस्रो बृहत सल्यान महोत्सव स्थलमा भीषण आगलागी भएकोछ सनिवार राति करिब ११ बजे तिर सल्यानको शारदा नगरपालिका -१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महत्सवस्थलमा आगलागी भएको छ ।
महोत्सवमा आगलागी हुँदा सम्पुर्ण व्यापारीक स्टलहरु जलेर नष्ट भएका छ्न ।
सल्यानको प्रमुख ब्यापारीक केन्द्र समेत रहेको श्रीनगरमा माघ १८ गतेदेखि जारि महोत्सवस्थलमा भीषण आगलागी भएकोबारे अनुसन्धान भइरहेको र रातको समयमा भएको आगलागीले गरेको सबै क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय सल्यान प्रहरीले जनाएको छ ।
आगलागी भएको फोटो भिडियो सामाजिक सञ्जालमा पोष्ट भएसँगै घटनाबारे सबैतिरबाट चासो र चिन्ता प्रकट भएको छ । आगलागिको खबर प्राप्त भए लगातै नेपाल प्रहरी र शस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको आयोजलले जनाएकोछ ।