काठमाडौँ । संघीय संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा खगेन्द्र सुनार छन् ।
दलितको लागि दलित अभियानका संयोजक समेत रहेका सुनार गृहमन्त्रीलाई कारबाहीको माग गर्दै संसद भवन छिर्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको छ । निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई नियन्त्रणमा लिइएको बताइकोछ।