सल्यान ।’स्वास्थ्यका लागि खेलकुद राष्ट्रका खेलकुद’भन्ने मुलनारा सहित सल्यानको शारदा नगरपालिकामा ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । श्री त्रिभुवन जन माबि लुहापिङमा ७औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबारबाट सुरु भएको हो । खेलकुद प्रतियोगिताको उद्घाटन नगरप्रमुख प्रकाश भण्डारीले गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र उत्साह ल्याउने विश्वास व्यक्त गर्दै खेलकुदलाई शिक्षा, अनुशासन र नेतृत्व विकासको माध्यमका रूपमा पनि हेरिरहेको बताए । नगरपालिकाले खेल क्षेत्रमा लगानी गरेको बताउँदै प्रत्येक मावि विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्न लागेको र खेल क्षेत्रले खेलाडीहरूको मनोबल र आत्मा विश्वास बढाउनुने भन्दै अनुशासित र मर्यादित भएर खेल खेल्न आग्रह गरे ।
प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाको अध्यक्षमा भएको प्रतियोगिताको उद्घाटनमा विशिष्ट अतिथि उप प्रमुख सुस्मिता सापकोटा सुनारले स्वागत मन्तव्य राखेकि थिइन ।उद्घाटन कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु,सम्चारकर्मि ,पत्रकार सहभागी विद्यालयका शिक्षक, विद्यार्थी र खेलाडीहरुको उपस्थिती रहेको थियो । सोमबारबाट सुरु भएको रनिङशिल्ड प्रतियोगिता माघ ३० गते सम्म संचालन हुनेछ ।
प्रतियोगितामा सामुदायिक र संस्थागत गरेर जम्मा १६ वटा विद्यालयले भाग लिएका छन । भलिबल (छात्र छात्रा), कबड्डी (छात्र छात्रा), एथ्लेटिक्स (छात्र, छात्रा), ,मार्सलआर्ट अन्तरगर्त कराते र तेक्वान्दो खेल संचालन हुनेछ । उद्घाटन कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लिलाधर बबालले गरेका थिए ।