सल्यान । सल्यानको कुमाख गाउँपालिकाको अध्यक्ष कप खेलकुद प्रतियोगिता रागेचौरमा सुरु भएको छ । आज प्रतियोगिताको उद्घाटन कर्णाली सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मन्त्री अधिकारीले खेलकुद प्रतियोगिता आयोजनामात्रै पर्याप्त नहुने उल्लेख गर्दै पालिकालाई खेलाडी उत्पादन र उनीहरूको जीवनस्तर उकास्न विशेष ध्यान दिन आग्रह गरेका थिए ।
अध्यक्ष कप प्रतियोगितामा अन्तरवडा स्तरिय भलिवल, हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, सटपट, ज्याव्लिङ थ्रो तथा दौडका खेलहरू हुनेछन । खुला व्यडमिन्टन प्रतियोगिताको खेल समेत समेटिएको कपमा सबै इभन्टमा प्रथम र द्वितीय हुने वडालाई क्रमशः ३० हजार र २० हजारले पुरस्कृत गरिनेछ । गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले कार्यक्रममा सहभागीलाई धन्षवाद दिदै गाउँपालिका अनुशासन र कर्तव्यनिष्ठ नागरिक बनाउनका लागि खेलक्षेत्रमा लागानी गरिरहेको बताए ।
प्रतियोगितामा गाउपालिका उपाध्यक्ष लाल बहादुर रावतको विशिष्ट आतिथ्यतामा भएको उद्घाटनमा पुर्व अध्यक्ष दिलमाया बुढामगर गिरी र उपाध्यक्ष डिल्लीराज जैसी लगायत सहाभागीहरूले शुभकामना मन्तव्य राखेका थिए । उनिहरूले कार्यक्रममा शुभकामना मन्तव्य दिदै सरकारले गर्ने हरेक कार्यक्रमहरूमा सबैको उत्साहजनक सहभागिता हुनुपर्ने बताएका छन । सरकारले जनतामा उत्साह जनाउन सकेमा मात्रै सरकार सफल हुने बताएका हुन ।
प्रतियोगितामा वडाध्यक्षको तर्फबाट ६ नं वडाध्यक्ष कर्ण बहादुर विक, जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्क आचार्य, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, शिक्षक महासंघ कुमाखका अध्यक्ष टिकाराम आचार्य, नेपाली काग्रेशका इन्द्रराज शर्मा, नेकपा एमालेका रेमन्त शर्मा, प्रहरी निरिक्षक धर्मेन्द्र खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गाउँपालिकाको खेल मैदानमा उद्घाटन भएको प्रतियोगिता आउदो शुक्रबारसम्म चल्ने छ ।
प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार सोनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख दिपक चन्दले गरेका थिए ।