नबिन पि.एम.
सल्लीबजार । सल्यान सल्लीबजार पुगेका नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भने प्रतीपक्ष संग र कोहि संग तित्तता नभएको र देसलाई तीब्र गतिमा बिकासको बाटोमा अगाडि बढाउन आफु र आफ्नो पार्टी नेपाली काङ्ग्रेस लागि परेको बताएका छ्न । सनिवार सल्यानमा आयोजित पार्टीको जिल्ला सम्मेलनलाइ सम्बोधन गर्न खलंगा जाने क्रममा सल्लीबजार पुएगेका महामन्त्री थापाले कांग्रेसले देशलाई सम्हाल्ने जिम्मेवारी लिएको पार्टी भएको र पार्टीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छ्न । यश क्रममा उनले देशलाई बिकासको गतिमा दुर्तगतिमा अगाडि बढाउन अहिले आफ्नो पार्टी केन्द्र,प्रदेश लगायत देशका धेरै स्थानीयतहहरुमा आफ्नो पार्टी सत्तामा सरकारमा रहेकोले सबैलाई समेटेर लैजानको लागि आपू र पार्टी लागि पर्नु पर्ने बेला आएको बताए । साथै पार्टीको अधिवेशन समयमै हुने समेत बताए । नेपाली कांग्रेस देशकै ठूलो दल भएको र संसदमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। उनले भने, “हामीले नै बनाएको संविधान, हामीले ल्याएको व्यवस्था हो। अहिलेको शान्तिपूर्ण अवस्थामा काम गर्न सकेनौं भने अरूलाई दोष दिन मिल्दैन।”
स्वागत कार्यक्रममा बोल्दै थापाले भने देशमा रोजगारी सिर्जना गर्ने ,शिक्षा र स्वास्थ्य बाटो लगायतमा जनताको समस्यालाई मध्य नगरगर्दै पार्टी तीब्र गतिमा बिकासको गतिमा अगाडि बढ्न खोजिरहेको समेत बताए ।
स्वागत कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सुरेश अधिकारी,नेपाली कांग्रेस कर्णालीप्रदेश पार्टी अध्यक्ष ललितजंग शाही, प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्य मन्त्री जीवन बहादुर शाही,नेता डिल्लीराज रेग्मी,बनगाड कुपिण्डे नगरकार्य समिती सभापति पुरुष्तोम आचार्य लगायत पार्टीका अन्य नेता कार्यक्रता,पत्रकार लगायत स्थानीयको उपस्थिति बाक्लो उपस्थिति रहेको थियो ।
प्रतीपक्ष संग कुनै तित्तता छैन, देशलाई बिकासको गतिमा अगाडी बढाउन चाहन्छौं: गगन थापा
प्रतीपक्ष संग कुनै तित्तता छैन, देशलाई बिकासको गतिमा अगाडी बढाउन चाहन्छौं: गगन थापा

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु