नबिन पिएम
सल्लीबजार । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन बनगाड कुपिण्डेको नगरकमिटीको अध्यक्षमा रामकुमार वस्नेत निर्वाचित भएका छन् । सनिवार बनगाडमा संचालन भएको कमिटिको तेस्रो नगर अधिवेशनबाट बस्नेतको अध्यक्षतामा नयाँ १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको छ।
निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष बस्नेत सहित, छविलाल पुन उपाध्यक्ष, रजनी पुन महिला उपाध्यक्ष, देवेन्द्र कुमाइ सचिव, जिवराज राना सहसचिव, अकवर पुन कोषाध्यक्ष र डम्बरकला बोहरा सहकोषाध्यक्ष रहेका छन् ।
नगर अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्द कुमार पुन, नगर इन्चार्ज आशा वली, नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश महासचिव अकवर बहादुर पुन, जिल्ला उपाध्यक्ष भोला पुन, शिक्षक महासंघ नगर अध्यक्ष जोतिलाल बुढा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।