नबिन पिएम
सल्लीबजार । सल्यानमा बाघको आतंकले कृषकहरु चिन्तित भएका छ्न । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका -११ पाँचरेमा सनिवार स्थानीयको खेतवारि नजिकै खरबारिमा बाघले किसानका चराउन लगाएका ८ बाख्रा मारेकोछ साथै केही बेपत्ता रहेको र स्थानीय मानिसहरु त्रासमा रहेको स्थानीयले जानकारी दिएपछि नगरपालिका बाट प्रहरी सहित नगर उप-प्रमुख पुरुष्तोम आचार्य सहितको टोलि स्थलगत अनुगमनमा पुगेको थियो ।
स्थानीय मिलन रानाले बताए अनुसार बाघको आक्रमणबाट ४ घरका ८ वटा बाख्रा मरेको फेला परेका छ्न । भने अझै करिब ७ जति जेडा ,बाख्रा बेपत्ता रहेको छ्न । स्थानीयको खरवारि ठुलाखोलाको जङ्गल नजिकमा स्थानिएको गाई बाख्रा चरण गर्ने गरिन्छ । बाघले बाख्रा मारेपछि स्थानियलाई दैनिक हिड डुल गर्न समस्या भएको छ भने गाई वस्तु चराउने दाउरा घाँस गर्ने डर त्रास देखीएको छ।
धेरै बर्ष पछि बाघले घर नजिकै आएर यसरी धेरै बाख्रा मारेपछी स्थानीय चिन्तित रहेकोे र किसानले क्षति पुर्तीको आस गरेको सहेत स्थानीय मोहनलाल पुनले बताए ।आवश्यक क्षतिपूर्तिका लागि डिभिजन वन कार्यालय सल्यानमा समन्वय गर्ने उप-प्रमुख पुरुषोत्तम आचार्यले जानकारी दिए ।