सल्यान । सल्यानको छत्रेश्वरी गाउपालिका- १ फारुलेबोट स्थित दमाचौर-गुँरासे-झ्याम सडकखण्डमा रोल्पा झ्यामबाट दमाचौर आउदै गरेको रा.१क. ५३० नम्बरको मिनि ट्रक रोड बाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ।
हिजो राति भएको दुर्घटनामा गंगादेव गाउँपालिका-३, झारमङ्ग्रा, रोल्पाका ३४ वर्षीय चालक हरि चन्द (रमेश )को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरीका अनुसार मिनि ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न नसके पनि प्रारम्भिक अनुसन्धान अनुसार सवारीको गति र सडकको अवस्था सम्भावित कारण हुनसक्ने अनुमान गरिएको छ।
प्रहरीको सहयोगमा शवलाई उद्धार गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।