जाजरकोट । जाजरकोटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बिहीबार राति करिब साढे १० बजे कुशे गाउँपालिका–६ थर्पु भार्माबाट कुशे–३ टापुचौरतर्फ जाँदै गरेको भे १ त ८८४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा कुशे गाउँपालिका–४ का अन्दाजी बर्ष ५० का धन बहादुर दमाईको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय जाजरकोटका ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक दिलीप कुमार बुढा क्षेत्रीले जानकारी दिए ।
ट्याक्टर चालक कुशे गाउँपालिका–४ का १९ वर्षीय राजेन्द्र सिंहलाई इलाका प्रहरी कार्यालय अर्छानीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकोछ ।
जाजरकोटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
जाजरकोटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु