जाजरकोट । जाजरकोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छेडागाड नगरपालिका–१२ उम्रा निवासी राजु सिंहको गाडीको ठक्करबाट मृत्यु भएको हो । भारतको गुजरातबाट घर फर्किने क्रममा गए राति करिब साढे ९ बजे छेडाचौर बजार नजिकै मोर्क शिवालय जाने माथिल्लो साइडको मोडमा उनलाई गाडीले ठक्कर दिएको थियो ।
घटना राती भएकोले उनलाइ ठक्कर दिने गाडीबारे कुनै जानकारी नभएको वडा वनस्थित प्रहरी कार्यालयले बताएको छ । ठक्कर दिने गाडीबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
मृतकका आफन्त पीडित पक्षले भने ठक्कर दिने गाडी र चालकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै छिन्चु – जाजरकोट सडकको थलह र छेडा बजारको सडकमा टायर बालेर सडक अबरुद्ध गरि आन्दोलिन गरिरहेका छन् ।