नबिन पि.एम.
बनगाड । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर -१ स्थित भैरवी आधारभुत बिधालय बेलखोलाको ३ कोठे भवन शिलान्यस गरिएको छ । नगर प्रमुख कर्ण बहादुर बुढाथोकी र उ-प प्रमुख पुरुष्तोम आचार्यले एक कार्यक्रमका बीच ३ कोठे पक्कि भबनको शिलान्यास गर्नु भएको हो ।
सोमबार बिद्यालय भवनको शिलन्यास समारोहको प्रमुख अतिथि नगर प्रमुख कर्ण बहादुर बुढाथोकी , बिशेष अतिथि नगर उप-प्रमुख पुरुष्तोम आचार्य, वडा नम्बर -१ का वडाध्यक्ष थुम बहादुर बिसी, वडा नम्बर- ६ का वडाध्यक्ष गणेश बुढा क्षेत्री, इन्जिनियर महेस देबकोटा बरिस्ठ लेखा अधिकृत दिनेश भण्डारी सब -इन्जिनियर हस्त बहादुर भण्डारी, शिक्षक , समाजसेबी, बुद्धिजिबि,बिधालय ब्यबस्थापन समिती र स्थानीयको उपस्तिथिमा उक्त भवनको शिलान्यास गरिएको हो।
लागत स्टमेट करिब ३४ लाख र निर्माण सेवा संग भ्याट सहित २१ लाख लागतमा ३ कोठे बिधालय भवन निर्माण हुने बताइएको छ । ए एन्ड बि बिल्डर्सले भवन निर्माणको ठेक्का पाएको र आगामी ४ महिना भित्र निर्माण सम्पन्न गर्ने संझौतमा भएको बताईएको छ ।