नबिन पि.एम.
सल्यान । चैत ५ गते देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ। तर देशभरका केही स्थानमा विद्यार्थी संगठनबिच तालमेल भएका कारण सभापतिलगायत सदस्यहरू निर्विरोध निर्वाचित भइरहेका छन्।
यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका स्थित बनगाड क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार जीवन बिष्ट
स्ववियु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छ्न ।
यो सहित जिल्लाका ७ क्याम्पस मध्ये ३ क्याम्पसमा भने सभापतिमा निर्बिरोध भएका छन । कपुरकोट बहुमुखी क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीको सहमतिमा नेविसंघका झलक ओलि निर्विरोध निर्वाचित भएका छन । भने शारदा क्याम्पस, शंखमुलमा अखिल क्रान्तिकारीले उम्मेदवारी नदिएपछि नेविसंघ, अनेरास्ववियुको सहयोगमा अनेरास्ववियुका विश्व खडका निर्विरोध निर्वाचित भएका छन । बाकी ४ क्याम्पसमा निर्वाचन हुने भएको छ ।
जिल्ला भित्रका स्ववियु निर्वाचन हुने सबै क्याम्पसमा तालमेल गरेर जाने गरी सत्तापक्ष अनेरास्ववियु , नेविसंघ सयुक्त प्यानल बनाएर जाने सहमति गरेका छन् भने प्रतिपक्ष दल अखिल (क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियु विद्यार्थी संगठनहरुले साथै जाने सहमति गरेका हुन । स्ववियु निर्वाचनमा सल्यानमा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेबिसंघ बिच गठबन्धन गर्ने सहमति भएको छ ।
यसपटक जिल्लाका क्याम्पसहरूमा विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। केही क्याम्पसहरूमा सहमतिका आधारमा उम्मेदवारी तोकिएको छ भने कतिपयमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।