नबिन पि.एम.
सल्यान । सल्यानको शारदा क्याम्पस शंखमुलमा
अनेरास्ववियुका उम्मेदवार अध्यक्ष विश्व खड्का निर्विरोध निर्वाचित भएका छ्न । साथै कोषाध्यक्षमा नवराज साहु निर्बिरोध निर्बाचित हुनुभएका छन । अखिल क्रान्तिकारीले उम्मेदवारी नदिएपछि नेविसंघ, अनेरास्ववियुको सहयोगमा अनेरास्ववियुका विश्व खड्का निर्विरोध निर्वाचित भएका हुन । कपुरकोट बहुमुखी क्याम्पसमा नेविसंघका झलक ओलि निर्विरोध निर्वाचित भएका छन । त्येस्तै बनगाड कुपिण्डे नगरपालिका स्थित बनगाड क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार जीवन बिष्ट स्ववियु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छ्न । जिल्लाका ७ क्याम्पस मध्ये ३ क्याम्पसमा भने सभापतिमा निर्बिरोध भएका छन । बाकी ४ क्याम्पसमा निर्वाचन हुने भएको छ ।
जिल्ला भित्रका स्ववियु निर्वाचन हुने सबै क्याम्पसमा तालमेल गरेर जाने गरी सत्तापक्ष अनेरास्ववियु , नेविसंघ सयुक्त प्यानल बनाएर जाने सहमति गरेका छन् भने प्रतिपक्ष दल अखिल (क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियु विद्यार्थी संगठनहरुले साथै जाने सहमति गरेका हुन । स्ववियु निर्वाचनमा सल्यानमा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेबिसंघ बिच गठबन्धन सहमति भएको छ ।
यसपटक जिल्लाका क्याम्पसहरूमा विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। केही क्याम्पसहरूमा सहमतिका आधारमा उम्मेदवारी तोकिएको छ भने कतिपयमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ
चैत ५ गते देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ। तर देशभरका केही स्थानमा विद्यार्थी संगठनबिच तालमेल भएका कारण सभापतिलगायत सदस्यहरू निर्विरोध निर्वाचित भइरहेका छन्।