सन्जय हमाल जो सानै उमेरदेखि हग्गी स्वभाव र नेतृत्वदायी गुणका धनी सन्जय हमाल सल्यानको मुटुमा रहेको शिवजन क्याम्पसमा B.ed third year मा अध्ययनरत छन् उनी साधारण जीवनशैली र परोपकारी प्रवृत्तिले उनी साथीभाइ तथा गाउँ समाजमा लोकप्रिय छन्।
बाल्यकाल देखि मनका धनि उनले आफ्ना बुवा दिपक हमाल को राजनीतिक गुन पनि सिकेका छन र Artificial intelligence (AI) युगका युवा राजनिती कर्मी हुन । शिक्षा र समाजप्रतिको लगावका कारण उनी विद्यार्थी राजनीतिसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेका छन्। हमालले नेपाल बिद्यार्थी संघ (नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन) शिवजन क्याम्पस एकाइ कमिटी अध्यक्ष हुदै अहिले उनी क्याम्पस को स्ववियु सभापतिको रूपमा आफ्नो नाम पेश गरेका छन ।
हमालले संगठनको प्रतिष्ठा जोगाउने मात्र होइन, उनको नेतृत्व क्षमताको प्रमाण पनि बनेको थियो । हाल उनी शिवजन क्याम्पसका प्रखर बिद्यार्थि नेता पनि हुन्।
शैक्षिक प्रक्रिया परिवर्तनमा ठूलो योगदान पुर्याउने दृढ विश्वासका साथ हमालले विद्यार्थी राजनीतिलाई आफ्ना व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि राखेका छन्।
उनले क्याम्पसमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने, विद्यार्थीहरूको हक अधिकार सुनिश्चित गर्ने, र सामाजिक योगदान दिने योजनाहरू अघि सारेका छन्।
उनै हमाल यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सभापति पदका उम्मेदवार बनेका छन् । नेबि संघले उनलाई उम्मेदवारी बनाउने निर्णय गरेपछि अहिले उनलाई गठबन्धनको साझा उम्मेदवार भएका छन । नेताका छोराछोरी विदेश अध्ययनतर्फ आकर्षित हुने परिपाटीका विपरीत, उनले स्वदेशमै संघर्ष र योगदान गर्ने अठोट गरेका छन्।
हमाल एक त्यस्ता विद्यार्थी नेता हुन्, जसले आफ्नो नेतृत्व, लगनशीलता, र समाजसेवाको माध्यमबाट विद्यार्थी राजनीतिमा सकारात्मक परिवर्तन ल्याउन सक्षम भएका छन्। उनका विचार र योजनाहरूले आगामी दिनमा शिवजन क्याम्पस र विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको निवर्तमान सभापति बुलन्द बाबू सेजुवालले बताए ।
यतिखेर सन्जय हमाल नेतृवमा रहेको नेपाल विद्यार्थी संघ र अनेरास्ववियु संगठनहरूको साझा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन शिवजन क्याम्पसका निवर्तमान सभापति बुलन्द बाबू सेजुवाल नेपाली काङ्ग्रेस पदाधिकारी र नेबिस संघका पदाधिकारी लगायत पूर्व पदाधिकारी तथा प्रतिनिधिहरु एकजुट भएर लागि परेका छन्
सन्जय हमाल जस्लाई ने.बि संघले शिवजन क्याम्पसमा सभापतिको उम्मेदवार बनायो ।
सन्जय हमाल जस्लाई ने.बि संघले शिवजन क्याम्पसमा सभापतिको उम्मेदवार बनायो ।

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु