सल्यान बहुमुखी क्याम्पस जुन २०३७ सालमा स्थापना भएको सल्यान जिल्ला को सबैभन्दा पुरानो क्याम्पस हो
सानै उमेरदेखि तिक्ष्ण स्वभाव र नेतृत्वदायी गुणका धनी विशाल पुन सल्यानको सदरमुकाममा रहेको सल्यान बहुमुखी क्याम्पसमा अध्ययनरत छन्। हाल उनी राजनितिक शास्त्र पहिलो वर्ष पढ्दैछन्। उनको सरल जीवनशैली र परोपकारी प्रवृत्तिले उनी साथीभाइ तथा समाजमा लोकप्रिय छन्।
बाल्यकाल देखि सहयोगी मनका धनी उनी निम्न वर्गीय परिवारका छोरा हुन। शिक्षा र समाजप्रतिको लगावका कारण उनी विद्यार्थी राजनीतिसँगै सामाजिक संस्थाहरूमा पनि सक्रिय रहेका छन्।
सानै उमेर देखि पढाइ मा अब्बल पुन सङ बजार शास्त्र र अर्थशास्त्र को पनि राम्रो ज्ञान् छ।पुन ले ब्याचलर अफ बिजेनेस एड्मिनिस्ट्रेसन (BBA) को डिग्री पनि प्राप्त गरिसकेका छन । अब को पढाइ र पाठ्यक्रमलाई जागिर मुखी होइना ब्यवसाय मुखी बनाउनु पर्ने मा आफुले जोड गर्ने बताउछन उमेरले कमै भय पनि पठाइ मात्रै नभई विद्यार्थी राजनीतिमा पनि उनले महत्वपूर्ण भुमिका निर्वाह गरिसकेका छन यस्तो छ उनको राजनैतिक पृष्ठभुमि
२०७० भानुभक्त मा बि दमाचौर को कमिटी अध्यक्ष
२०७३ त्रि ज न मा बि लुहापिङ खलंगा को +2 कमिटी अध्यक्ष
२०७५ त्रि बि को आङगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस घोराही कमिटी अध्यक्ष
२०७८ मा अनेरास्ववियु जिल्ला कमिटी सल्यानको सचीव
२०७९ चैत्र ५ गते महेन्द्र बहुमुखी क्याम्पस दाङ को स्व बि यु सदस्य मा निर्वाचित
२०८१ असार १० गते को अनेरास्ववियु सल्यान को १७ औ जिल्ला अधिबेशन बाट जिल्ला अध्यक्षमा निर्वाचित पुन अनेरास्ववियु (नेकपा एमाले निकट विद्यार्थी संगठन) अनेरास्ववियु सल्यानमा मा बि कमिटि हुँदै सचिव हुँदै अहिले उनी जिल्ला अध्यक्षको रूपमा आफ्नो राजनीतिक यात्रामा छन ।
बिशालले संगठनको प्रतिष्ठा जोगाउने मात्र होइन, उनको राम्रो नेतृत्व क्षमताको प्रमाण पनि बनेको छ थ। त्रि बि को आङगिक क्याम्पसको स्वबियु मा रहेर कामगरिसकेको अनुभव बोकेका उनी अनेरास्ववियु सल्यानका प्रखर नेता हुन्।
समाजमा योगदान पुर्याउने दृढ विश्वासका साथ पुनले विद्यार्थी राजनीतिलाई आफ्ना व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि राखेका छन्।
उनले क्याम्पसमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने, विद्यार्थीहरूको हक अधिकार सुनिश्चित गर्ने, र सामाजिक योगदान दिने योजनाहरू अघि सारेका छन्।
उनै पुन यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सभापति पदका उम्मेदवार बनेका छन् । अनेरास्ववियुले उनलाई सभापति पदका लागि उम्मेदवारी दिने निर्णय गरेपछि अहिले उनी गठबन्धनको साझा उम्मेदवार भएका छन । विदेश अध्ययनतर्फ आकर्षित हुने परिपाटीका विपरीत, उनले स्वदेशमै संघर्ष र योगदान गर्ने अठोट गरेका छन्।
पुन एक त्यस्ता विद्यार्थी नेता हुन्, जसले आफ्नो नेतृत्व, लगनशीलता, र समाजसेवाको माध्यमबाट विद्यार्थी राजनीतिमा सकारात्मक परिवर्तन ल्याउन सक्षम भएका छन्। उनका विचार र योजनाहरूले आगामी दिनमा सल्यान बहुमुखी क्याम्पस र वामपन्थी विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको अनेरास्ववियूबाट निर्वाचित निवर्तमान स्ववियु सभापति तथा अनेरास्ववियु कर्णाली प्रदेश कमिटी अध्यक्ष राजेश वलीले बताए ।
यतिखेर विशाल पुनको नेतृवमा रहेको अनेरास्ववियु केशव डाङ्गीको नेतृत्वमा रहेको नेपाल विद्यार्थी संघका साझा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन सल्यान बहुमुखी क्याम्पसका सस्थापक स्ववियु सभापति सुरेश अधिकारी (नेबिस) पुर्व स्ववियु सभापति शान्त थापा,जनक बि.क,राम बहादुर के.सी निवर्तमान सभापति राजेश वलि लगायत पूर्व पदाधिकारी तथा प्रतिनिधिहरु एकजुट भएर लागि परेका छन्।
को हुन् विशाल पुन ? सल्यान बहुमुखी क्याम्पसमा अनेरास्ववियुले बनाएको सभापतिका उम्मेदवार ।
को हुन् विशाल पुन ? सल्यान बहुमुखी क्याम्पसमा अनेरास्ववियुले बनाएको सभापतिका उम्मेदवार ।

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु